मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

रमौली वन सफारी

मनहरी गाउँपालिकाको वडा नं ६ को प्रतापपुर र ७ को रमौली क्षेत्र बिस्तारै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावनायुक्त ठाउँ हो । यो ठाउँ तत्कालीन सरकारले राप्ती नदी पारि रहेको पर्सा राष्ट्रिय निकुन्जबाट राप्ती वारि सारेको बस्ती हो । पर्सा राष्ट्रिय निकुन्ज प्रवेश गर्ने द्वारका रुपमा रहेका रमौली र प्रतापपुरलाई मिनी सौराहको रुपमा विकास गर्न सकिने मनहरी गाउँपालिकाको बुझाई छ ।

पर्सा राष्ट्रिय निकुन्जमा सजिलै गैँडा, मृग, हरिण, चित्तल, मयुर जस्ता जनावर र पंक्षीहरु हेर्नका लागि रमौलीबाट हात्ती सबार सुविधा दिलाएको छ । रमौलीबाट हात्ती चढेपछि ३ घण्टा निकुन्जको जंगल क्षेत्र घुम्न पाइन्छ र सजिलै सौराहको जंगल सफारी गर्दाको भन्दा बढी नै जंगली जनाबरहरु हेर्न पाइने मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर तितुङ बताउनुहुन्छ ।

अहिले रमौली क्षेत्रमा बिस्तारै आन्तरिक र बाह्य पर्यटकका लागि होटल र रिसोर्टहरु खुल्न थालेका छन् ।

रमौली वन सफारी

तस्विरहरु हेर्नुहोस्