मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

सहिद रुद्र बाटिका

सशस्त्र जनयुद्धको दौरान रुद्र बहादुर पाख्रिन वि सं २०५४ सालमा पूर्ण रुपमा भुमिगत हुनुभयो । उहाँले आफ्नो जिल्ला मात्र नभइ सशस्त्र भुमिगत कम्युनिष्ट आन्दोलनमा बिभिन्न जिल्लाहरुमा पार्टीको निर्देशन अनुसार अगुवाइ गर्दै आउनुभएको थियो । वि.सं. २०५९ साल पौष २८ गते बिहान ७ बजे तिर फापरबारी जाने क्रममा शाही सेना र प्रहरीको टोलीले छतिवनमा उहाँलाई नियन्त्रणमा लिई उहाँको हत्या गर्‍यो ।

यसरी कम्रेड रुद्र बहादुर पाख्रिन "रमेश" जनताको मुक्तिको लागि लड्दा लड्दै शहिद हुनुभयो ।

सशस्त्र भूमिगत विद्रोहको क्रममा पनि उहाँ मिलनसार स्वभावको , हतियार र पदको दम्भ नगर्ने इमान्दारिता र श्रमलाई माया गर्ने, श्रमिकको आदर गर्ने व्यक्तित्व हुने हुनाले उहाँको व्यक्तित्वको चर्चा जनतामाझ समेत हुने गर्‍यो ।
२०६३ साल मंसिर ९ गते ११ सदस्यीय "सहिद रुद्र स्मृति उद्यान तदर्थ समिति" गठन गर्‍यो ।

२०६३ साल पौष १८ गतेको बैठकले "सहिद रुद्र स्मृति बाटिका" स्थापना गर्न र दर्ता प्रक्रिया अगाडी बढाउन व्यवस्थापन समिति गठन गरि मकवानपुर गढी गाउँपालिका वडा नं. ४ कालिखोलाको शान्ति चोकमा करिब ४० रोपनी जग्गा र रानी सामुदायिक वन उपभोक्ता समिति, चौघडाको जग्गा समेत उपभोग गर्ने गरि पिकनिक स्थल, प्रतिक्षालय, शौचालय, सभाकक्ष र स्नान घर समेत निर्माण गरि बाटिका स्थापना गरियो ।

शहिद रुद्र बहादुर पाख्रिनको पूर्णकदको सालिक प्रमुख आकर्षण रहेको यस बाटिका हेटौँडाबाट मक्रान्चुली जाने बाटो तथा चौघडाको रानी सामुदायिक वनको भएर जान सकिन्छ । यहाँबाट हेटौँडा बजार, हटिया, हर्नामाडी, हेटौँडा औद्योगिक क्षेत्र लगायत विभिन्न क्षेत्रको अवलोकन समेत गर्न सकिन्छ ।

सहिद रुद्र वाटिका

तस्विरहरु हेर्नुहोस्