मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

चेपाङ्ग संग्रहालय

रमाइलो चैनपुर, त्यसमाथि झन राक्सिराङ्ग गाउँपालिकाको सदरमुकाम र गाउँपालिकाको प्राङ्गण भित्रै चेपाङ्ग संग्रहालय, संग्रहालयमा चेपाङ्गहरुले परापुर्वकाल देखि जिवनयापन गर्न प्रयोग गरेका सामाग्रीहरु सजाएर राखिएको छ । राक्सिराङ्ग गाउपालिका मकवानपुरमा आध्यात्मिक चेपाङ्ग बस्ति खोरिला भिरालो जमिनमा बस्ने, ओडारमा बस्ने चेपाङ्ग समुदाय , दुई २-३ दशक मात्रै भयो ओडारबाट बस्तिमा सरेको ।

चेपाङ्ग जातिको इतिहास विगतमा ओडारमै बस्ने, खेल्ने, रमाउने यी विविधता बकेको समुदाय , पहिले पनि धर्म संस्कृति, प्रकृति पुजा, ढ्याङ्ग्री पर्व, माघि पर्व मनाउने, जविबुटीको अत्याधिक परम्परागत ज्ञान भएको र आफ्नै भाषा, भेषभुषा र संस्कृति भएको जाति हो चेपाङ्ग जाति ।

काठबाट बनेका सामग्री ढिकी, ठेकी , मदानी हतासि जस्ता सामग्रीहरु छन् । बाँसको चोयाबाट बनेको डोको, डालो, पेरुङ्गो, मुन्से, घुम, जस्ता सामग्रीहरु छन् ।

चेपाङ्गहरुको पहिरन, खाना पकाउने भाँडाकुरडा जस्ता चेपाङ्ग जातीका पहिरन , लवाई, खवाई र संस्कृति झल्काउने सामग्रीहरु यहाँ सजाएर राखिएको छ । अध्ययनमा सजिलोका निम्ति सामग्रीहरुसँगै नाम पनि इन्गित गरिएका छन् ।
यो चेपाङ्ग संग्रहालय २०६३ सालमा स्थापना भएको थियो । यस संग्रहालयका संस्थापक विष्णुराम प्रजा हुन् । नेपाल सरकार, स्थानीय विकास मन्त्रालय अनतर्गत जिल्ला विकास समितिमा वि.सं. २०६६ सालमा दर्ता भएको थियो । चेपाङ्ग संग्रहालयको उद्देश्य चेपाङ्ग परम्परा र संस्कृतिको परिचय गराउनँदै चैनपुरमा आन्तरिक एवं बाह्य पर्यटकहरु धेरै भन्दा धेरै भित्राउनु रहेको छ ।

अब यहाँ लगभग ७ करोडको लागतमा भविष्यमा नै अर्को विशाल चेपांङ्ग संग्राहलय बनाउन ठेक्का समेत लागिसकेको अवस्था छ ।

गिट्ठा तरुलको चिप्स, चिउरी र घ्नी चिया चेपाङ्गहरुले खाने परिकारहरु र कोसेली किनेर घर लान मिल्ने जसले चेपाङ्गहरुको पहिचान प्रवर्धनमा मद्दत गर्नेछ । यसरी हेर।ने, खाने र कोशेली पनि लाने गरि जम्मा ३ अवधारणामा नयाँ चेपाङ्ग संग्रहालयको निर्माण निकट भविश्यमा नै हुने भएको छ ।

चेपाङ्ग संग्रहालय

तस्विरहरु हेर्नुहोस्