मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

त्रिखण्डी मन्दिर

भिमफेदी गाउपालिका अवस्थित यस त्रिखण्डेश्वर महादेव, मकवानपुर जिल्लाभरिका, भगवान शिवप्रति भक्तिभाव अनुभव हुने ईतिहासिक तथा धार्मिक महत्व बोकेको प्रमुख मन्दिरहरु मध्ये एक हो ।

यो मन्दिर हेटौँडाको बु्दध चोकबाट उत्तर ९ किलोमिटर दुरिमा त्रिभुवन राजपथकै छेउमा पर्दछ ।

राणाकालमा प्रधानमन्त्री जंगबहादुर राणाले हिउँदमा राप्ती खोलै खोला सामान लैजान बाटो बनाउँदै जाने क्रममा बाटोको बिचमा भेट्टिएको कालो शिला उठेको अवस्थामा हुन्थ्यो । पाँच दिन सम्म पनि अचम्म रुपले यो क्रम जारी नै रहेपछि यो कुरा जंगबहादुरमा जाहेर भयो ।

जंगबहादुरद्वारा गुरु पुरोहितलाई देखाउन उर्दी भइ देखाउँदा, उक्त शिला शिवलिङ्ग भएको र यसलाई व्यवस्थित रुपले रुद्राभिषेक गराए मात्र उक्त शिला यथास्थितीमा बस्ने जानकारी पुरोहितले दिए । तत्पश्चात ११ जना पण्डितहरु राखि रुद्राभिषेक गरी सो कालो शिलालाई हाल खोला पारी मन्दिर रहेको स्थानमा लगि स्थापना गरियो । जसपश्चात उक्त सडक निर्माणमा कुनै बाधा नआएको बिश्वास गरिन्छ ।

पछी वि.सं. १९७० साल तिर सिद्धिलाल गोर्खाली, हर्षलाल श्रेष्ठ, डबल शंकर गोर्खाली, पं शशिधर पराजुली र तत्कालिन चिसापानीका बडाहाकिम समेत भएर मन्दिर निर्माण गराएका थिए ।

त्रिखण्डी मन्दिर

तस्विरहरु हेर्नुहोस्