मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

सहिद स्मारक झुरझुरे

बागमती प्रदेशको राजधानी हेटौँडाबाट पुर्व तर्फ करिब ५५ किमी दुरीमा रहेको बागमती गाँउपालिका वडा नं. ४ साविक फापरबारी गाविस १ मा दश बर्षे जनयुद्धको क्रममा तत्कालिन नेपाली सेनाको पेट्रोलिङ्ग टोली सुपारेटार व्यारेकबाट आउँदा उक्त टोलिलाई लक्षित गर्दै जनमुक्ति सेनाले आक्रमण गर्दा मिती २०६२ माघ ८ गते मकवानपुर जिल्लाको सबैभन्दा ठुलो युद्ध भएको मानिन्छ ।

त्यस युद्धका क्रममा २९ जना होनहार जनमुक्ति सेनाहरुले शहादत प्राप्त गरेका थिए । जसमा बाटलियन कमाण्डर कल्याण, शिखर, प्रभाकर लगायत दुई दर्जन भन्दा धेरै जनमुक्ति सेनाहरुको मृत्यु भएको थियो । उक्त घटनामा परि अन्त ३ जना सर्वसाधारणहरुले पनि ज्यान गुमाएका थिए र ठुलो जनधनको क्षति भएको थियो । उक्त युद्धका एक होनहार साहसी व्यक्तित्व जनताको अमुल्य मत प्राप्त गर्दै गाउँपालिकाको प्रमुख समेत निर्वाचित भइसकेका छन् ।

गाउँपालिकाको एकदमै नजिक उत्तर पुर्वि दिशामा अलि डाँडामा यसलाई स्मारकको रुपमा विकास गर्नको लागि बार्षिक बजेट बिनियोजन र आवश्यक विस्तृत परियोजना रिपोर्ट तयार गरी पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले पेश गरिएको छ ।

नेपाल सरकारको गौरवको योजना अन्तरगत राखि बजेट व्यवस्थापन गर्न सक्दा र यहाँ आवश्यक पूर्वाधार विकासलाई जोड दिइएमा आन्तरिक पर्यटनको साथसाथै गाँउपालिकाको आर्थिक समृद्धिमा समेत यसले टेवा पुर्याउने देखिन्छ ।

सहिद स्मारक झुर्झुरे

तस्विरहरु हेर्नुहोस्