मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

मुर्तिकला बगैँचा

२०६९ मंसिर १ गते देखि २६ गते सम्म मोफसलमै पहिलो पटक ५ जना विदेशी सहित २३ जना मुर्तिकारहरुले, हेटौँडा बजार क्षेत्रबाट करिब १७ किलोमिटर पुर्व, हेटौँडा उपमहानगरपालिका वडा नं. १८ हर्नामाडीमा अवस्थित गुम्बाडाडाँमा अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला आयोजना गरि २३ जना मुर्तिकारहरुले कुदेका २३ वटा मुर्त-अमुर्त मुर्तिहरु छन् ।

यो कार्यशाला नेपालको मोफसलमा आयोजित पहिलो अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला थियो । धरान - चतरा राजमार्गको दक्षिणतर्फ अवस्थित गुम्बाडाडाँमा आयोजित उक्त कार्यशालामा, विभिन्न देशका कलाकारहरुले मुर्तिकलाको बेजोड नमुना प्रस्तुत गरेका थिए ।

हेटौँडा बजारबाट करिब १७ किलोमिटर दक्षिण पुर्व तथा रामधुनी चोकबाट दायाँ करिब १ किलोमिटर उकालो लागेपछि पुगिने यो चुरेफेदीबाट चिरिएको समय र बाटको तराई र पहाडका दोसाँध झल्किने यो स्थानमा प्रस्तर मुर्ति तथा आर्ट ग्यालरीको मज्जा रमणीय स्वच्छ वातावरणमा लिन सकिन्छ ।

धारान - चतरा  हाई वे  बाट जाँदा दुई शाखा बाटो छुने येस मूर्तिकला बगैचा  को उत्तर फर्किएको दुई अलग अलग सुन्दर प्रवेशद्वारहरू। एक  प्रवेश द्वारबाट प्रवेश गर्दा सुन्दर बगैंचा र पिकनिक स्पट र अर्को प्रवेशद्वार बाट प्रवेश गर्दा भगवान गौतम बुद्धको बन्दै गरेको हाईवेबाट समेत देखिने २५ फीट को निर्माणाधीन बिशाल मुर्ति । र सुन्दर छोर्तेन स्तुपा जसको परिक्रमा गर्न साथ मनोकामना सिद्ध हुने बौदः धर्मावोल्म्बीहरु बताउछन् । यसबाट अली उत्तर लाग्दा तारा माइको मन्दिर, देशभर का उत्कृष्ट चित्रकारहरुले कार्यशालामा प्रस्तुत गर्नु भएका चित्रहरुको बेजोड नमुनाहरु एक्जीबिसन्  हल ,बहुमुल्य विजयसालका रुखहरु अन्दाजी ३,५ कट्ठामा ,श्याम प्रसाद शर्मा स्मृति पार्कर जंगल भित्र १६ कि मि को साएकल  ट्र्याक देखि दुर्लब चराहरुको बास्थान ,यी सबै थोकहरु ले भरिपुर्ण छ मूर्तिकला बगैचा ।

मुर्तिकला बगैँचा

तस्विरहरु हेर्नुहोस्