मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

जलपरि झरना तथा चमेरो गुफा

यो मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ मा पर्दछ । यो मनहरीको सिम्पानीबाट ८ किलोमिटर कच्ची सडक देउकोट कट्ने बित्तिकै आलखोप भन्ने ठाउँको भित्तोमा सुन्दर झरना र झरना छेउ मै चमेरो गुफा नामक निकै आकर्षक र रमणीय ठाउँ रहेको छ ।

रोपाइँका बेला गाउँलेहरुले रोपाइँ गरेको हेर्न सुन्दर सुन्दर कन्याहरु आउँदा थिए भन्ने किंवदन्ती रहेको छ । ती सुन्दर कन्याहरु आएको देखेर गाउँलेहरू पनि हाँसी मजाक गर्ने जिस्किएर हिलोमा चिप्लिएर लड्ने जस्तो गरेर देखाउँदा उनीहरु अट्टाहस् लगाएर हाँस्थे । हाँस्दा मुख भित्र बाट सर्पको जस्तो दुई वटा जिब्रो देखेपछि ती नाटकका छोरीहरु अर्थात नागकन्याहरु हुन् भन्ने कुरा स्थानीय गाउँलेहरुले थाहा पाएर झरनाको छेउमा धेरै देखापर्ने र यही विलय हुने हुँदा ति कन्याहरुलाई जलपरि भनिन थालियो । पछि भेडा बाख्रा चराउन आउँदा यही ठाउँको छेउमा जलपरिहरु दिनभर गाउँलेहरुसँग खेल्ने रमाउने र यी ठाउँमा झरना, गुफा वरपर विलय भएर जाने भएकोले यो ठाउँलाई जलपरि झरना भनियो ।

यतिमात्र होइन त्यस पौराणिक बेलामा गाउँकावरपर भोजभतेर खुवाउन पर्दा गाउँलेहरु सँग भाँडाकुँडा नहुने र यही जलपरि झरनाको छेउमा आएर भाँडाकुँडा मागे भोलि त्यही ठाउँमा आएर हेर्दा भाँडाकुँडा हरु को उत्पति भएर बस्ने र भोजभतेर सकेपछि फेरि भाँडाकुँडाहरु माझी धोइपखाली गरिदिएर राख्दा त्यही विलय भएर जाने गरेको स्थानीय बुढापाकाहरू बताउँछन् । पछि किर्ते गर्दा फोहोर तथा जुठो भाँडा राखिदिँदा भाँडाकुँडा को उत्पत्ति हुन छाडेको बताउँछन् ।

यी सबै दन्तकथा सुन्दा जलपरि झरना तथा चमेरो गुफा एउटा पर्यावरणीय धार्मिक सांस्कृतिक तथा मनोरम ठाउँ हो भन्ने पक्कापक्की हुन्छ ।
 
राक्सिराङ गाउँपालिकाले पनि लगभग ३५ लाख जति लगानी गरी यहाँ सिँढी निर्माण गरेको छ । अब लगभग सात करोडको DPR तयार गरी पिकनिक स्थल र छेउको चमेरो गुफामा आवश्यक लगानी गरी भित्र शिलामा परापूर्वकालदेखि भगवान शिवको प्रतिमूर्ति भनेर पुज्दै गरिएको शिला र यो रहस्यमय धार्मिक गुफाभित्र चमेरोको बासलाई हानि नपुर्याई विभिन्न विकासको अवधारणाहरु सात करोडको लगानीमा हुनेगरी सोचिएको छ । वरपर पिकनिक स्पटको निर्माण गरी शहरीकरण तर्फ उन्मुख तीन वडाहरु को आन्तरिक पर्यटन र साथसाथै बाह्य पर्यटनको बारेमा पनि सोचिएको छ ।
 
चेपाङ संग्रहालय पनि नजिक हुने भएकोले थप पर्यटकहरुलाई लोभ्याउने थप योजनाहरु आउँदा दिनहरुमा बनाइने छ ।

जलपरि झरना तथा चमेरो गुफा

तस्विरहरु हेर्नुहोस्