मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

गौतम बुद्ध पर्यटन पार्क

 
बकैया गाउँपालिका को अर्को रमणीय पर्यटकीय स्थलको हो गौतमबुद्ध पर्यटन पार्क ।
बकैया गाउँपालिका वडा नम्बर ६ जुनेली बस्तीमा समुद्र सतहबाट २५७ मिटरमा अवस्थित धार्मिक महत्व बोकेको रमणीय पर्यटकीय स्थल हो ।
करिब ३० बिगाहा क्षेत्रमा विस्तार भएको यो पार्कलाई बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रको रुपमा स्थापना साथै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न खोजिएको छ । त्यहाँ स्थित पोखरी वरिपरि पर्खाल निर्माण गरी भगवान श्री गौतम बुद्धको २० फिटको प्रतिमा स्थापना गर्ने र प्रतिमा वरिपरि डुङ्गा सञ्चालनमा ल्याउने भनी योजना स्वरुप काम निकै अगाडि बढिसकेको छ ।
पिकनिकको लागि टहरा र चौतारा साथै बस्नका लागि सिमेन्टका कुर्सीहरु रहेका छन् यसको मुख्य द्वार निर्माण भइसकेको छ र यसमा अब फलामको आकर्षक गेट निकट भविष्यमा नै राख्ने योजना छ ।
यस पार्कको सुरक्षाका निम्ति कम्पाउन्ड र तारबार लगाइँदैछ । हाल पोखरी भित्र निर्माण भइसकेको मूर्तिको आसनमा राखिने भगवान बुद्धको मूर्ति नै यो पर्यटन पार्क को मुख्य आकर्षण हुनेछ ।
यहाँ माझी संग्रहालय भवन निर्माण भइरहेको र गुम्बा पनि निर्माण भइरहेको छ । महिला पुरुष शौचालयको पनि छुट्टाछुट्टै व्यवस्था गरिएको छ । यसको दक्षिण पूर्वतिर एउटा पोखरी पनि रहेको छ जहाँ माछापालन गरिएको छ ।
योजना अनुसार विभिन्न प्रजातीका बोटबिरुवा तथा फलफूलहरु रोपेर वृक्षरोपणले आन्तरिक एवं बाह्य पर्यटनको समेत सम्भावना बोकेको यो पार्कलाई भविष्यमा आकर्षक र मनमोहक बनाइँदैछ ।

गौतम बुद्ध पर्यटन पार्क

तस्विरहरु हेर्नुहोस्