मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

कैलाश बैकुण्ठ

मकवानपुरको जिल्लाको कैलाश गाउँपालिकाको वडा नम्बर २ मा समुद्र सतहदेखि १८५० मिटर उचाइमा अवस्थित कैलाश बैकुण्ठ करिब ३०० वर्ष अगाडिदेखि मानवबस्ती रहँदै आएको ९५% तामाङ जातिको बाहुल्यता भएको एक सुन्दर गाउँ हो ।

पूर्वपश्चिम लोकमार्गको मनहरीबाट ३० किमी, धादिङ गजुरी बाट २९ किलोमिटर, धादिङ बेनिघाट बाट २७ किलोमिटर, पालुङ बाट ३६ किलोमिटर र प्रदेश राजधानी हेटौंडा बाट ६० किलोमिटरको दुरीमा अवस्थित रहेको छ । बैकुण्ठ बाह्रै महिना पानी नसुक्ने विष्णुकुण्ड जहाँ कैलाशको कैलाश महादेव गुफा, जोगी पाताल जहाँ जोगीहरु आलाप विलाप भएका थिए रे, गुप्तेश्वर गुफा, आदि स्थानहरुले प्रचुर पर्यटकीय सम्भावना बोकेको छ ।

पश्चिम तिरका हेर्दा अन्नपूर्ण, माछापुच्छ्रे, गणेश, धौलागिरि, मनास्लु, आदि हिमश्रृंखलाहरु सजिलै देख्न सकिने, दक्षिणतिर हेर्दा तराई भूभागहरू वीरगन्ज घण्टाघर रक्सोल आदि देख्न सकिने, बाह्रै महिना चिसो वातावरण एकै छिनमा घाम लाग्ने र एकैछिनमा हुसु लाग्ने पारीपट्टी माहाभारत जंगल जहाँ बहुमूल्य जडिबुटीहरु रहेको ठाउँ हो यो ।

चण्डी पूर्णिमा को दिन बैकुण्ठमा सदियौंदेखि लोपोन्मुख धान नाच नाच्ने गरिन्छ, जुन नाच ननाच्दा गाउँमा कन्या केटीहरु को मृत्यु हुने अनिकाल पर्ने र ठूलै अनिष्ट हुने धार्मिक किंवदन्ती र विश्वास छ । बाह्रै महिना चिसो वातावरण भएको यस ठाउँमा आलु काउली बन्दाकोभी तरकारीको लागि उपयुक्त र स्याउ, किवी, अलैचीको साथसाथै चियाबगान विस्तार कार्यको नमुनाको रुपमा सुरुवात समेत भइसकेको छ ।
 
यहाँको आधारभूत आवश्यकतालाई विस्तारै परिपूर्ति गर्दै यस ठाउँलाई होमस्टे सहित पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न यहाँको जनप्रतिनिधि र सरोकारवालाहरु अहोरात्र लागिरहेका छन् । यति मात्र होइन बैकुण्ठ डाँडादेखि खैराङका समथल चौर सम्म प्याराग्लाइडिङको सम्भावना अध्ययन समेत भइसकेको छ ।

कैलाश बैकुण्ठ

तस्विरहरु हेर्नुहोस्