मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

मनकामना मन्दिर

हेटौँडा बजारबाट ३ किमी उत्तर पूर्वी उच्च डाँडा र गढी गाँउपालिकाको पश्चिम भाग तिर यो मन्दिर अवस्थित छ ।

यो मन्दिर साविक मकवानपुर गढी गाविस वडा नं. ९ र हाल मकवानपुर गढी गाँउपालिका वडा नं. ४ मा पर्दछ । यसको पश्चिमी उच्च भुभाग ३०० मिटर माथि समुद्रको सतहबाट १००० मिटर उचाइमा पर्दछ ।

यस मन्दिरमा मनकामना देविको पहिलो शिला , वि.सं. २०१६ सालको मंसिरमा स्थापना गरिएको थियो भने, पछि ढुङ्गा-माटोको सानो मन्दिर निर्माण गरिएको थियो । पछि २०५६ सालमा गोरखाको कलात्मक मनकामना मन्दिर जस्तै मन्दिर निर्माण गर्न स्थानिय विकास मन्त्रालयको सहयोगमा तत्कालिन जिल्ला विकास समितिले मन्दिर तथा मन्दिर परिसर निर्माण कार्यमा सहयोग पुर्याएको थियो जसले हालको मन्दिरको रुप लियो ।

यहाँ हरेक शनिवार, मङ्गलवार तथा विभिन्न चाडपर्वहरुमा भक्तजनहरुको भिड लाग्ने गर्दछ ।

मनकामना मन्दिर

तस्विरहरु हेर्नुहोस्