मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

धनेश्वर पार्क

बकैया गाउँपालिका को सम्भावना बोकेको पर्यटकीय स्थल हो धनेश्वर पार्क । यो बकैया गाउँपालिका को वडा नम्बर ७ को हाँडीखोला भन्ने ठाउँमा पर्दछ ।
समुद्र सतहबाट २९० मिटर उचाइमा अवस्थित यस सुन्दर मनोरम पर्यटकीय स्थलहरुको आजकल बकैया गाउँपालिका देखि वरिपरिको पिकनिक स्पटको रुपमा प्रख्यात छ ।
करिब १२ बिगाहा क्षेत्रफलमा फैलिएको यो पर्यटन पार्क भविष्यमा सम्भावना बोकेको भएकोले वडाले पनि विस्तारै राम्रो लगानी गर्ने सोचले अघि बढिरहेको छ वडा नम्बर साथको को सबैभन्दा उच्च ठाउँ यस पार्कमा एउटा शिवको मन्दिर पनि रहेको छ जहाँ जानलाई एउटा फलामको पुल राखिएको छ ।
पहाडकै माथिपट्टि सानो डाँडामा प्रतिक्षाले निर्माण भएको ले अझ आकर्षक देखिन्छ । यहाँ शौचालय, प्रतिक्षालय फिलामे पुल, खानेपानीको ट्यांकी तथा गेट निर्माणको कार्य भइसकेको छ । निर्माणाधीन बगैंचाले पनि यो पार्कलाई आज मन मोहक बनाउने निश्चित नै छ ।
यहाँ निकट भविष्यमा नै रेलिङ सहितको सिढी निर्माण, बाल उद्यानको पोखरी र पार्क क्षेत्रभित्र थप वृक्षरोपण गरी पार्किङस्थल समेत निर्माण गरिने योजना रहेको छ ।

धनेश्वर पार्क

तस्विरहरु हेर्नुहोस्