मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

देखारी पर्यटन पार्क

देखारी पर्यटन पार्क कैलाश गाउँपालिका को अर्को पर्यटकीय आकर्षण हो।

यो पर्यटन पार्क अहिले कैलाश गाउँपालिका वडा नम्बर ७ अन्तर्गत गर्दछ। समुद्र सतहबाट लगभग १४ र ४० मिटर अग्लो यस अग्लो डाँडाको थुम्कोबाट वरपर सबै ठाउँ देखिने भएकोले नै यस ठाउँको नाम देखारी रहन को आएको स्थानीयहरु बताउँछन्।

किंवदन्तीअनुसार प्राचीन समयमा देखारीमा ढुंगाको जुवामा हलोको ढिकी जाता जस्तो देखिने आकारको बस्तुहरु भएको मानिन्छ । नेपालको सीमान्तकृत जाति चेपाङ जातिको झाँक्रीहरुको झाक्री विद्याको अभ्यास गर्ने पवित्र थलोको रुपमा यस देखारी लाई लिइन्छ । चेपाङ जातिका जातिहरु नेपालभरि वा विश्वभरि कुनै कुनामा छरिएर रहे पनि झाँक्री विद्यालय बिरामीको उपचार गर्ने प्रक्रियामा देखारीको बाङजुवा अर्थात बाङ् भनेको ढुङ्ग्रो र चुवा भनेको खन्ने जुवा भन्नेमा अनिवार्य रुपमा यस पवित्र स्थानको नाम लिने गर्दछन् ।

यहाँबाट रात्रिकालीन समयमा तराइका भूभाग लगायत रक्सौलसम्म पनि बत्ती बलेको देखिन्छ । कैलाश गाउँपालिका को सबैभन्दा अग्लो यस देखारी पर्यटन बाघबाट पश्चिम भेग तिरको रमणीय हिम शृंखला पनि अवलोकन गर्न सकिने भएकोले यस पर्यटन पार्कलाई कैलाश गाउँपालिका को सम्भावना बोकेको पर्यटकीय स्थलको रुपमा हेरिन्छ ।

गाउँपालिकाबाट पनि यसको लागि चरणवद्ध रुपमा भाग्ने योजना बनाउने कार्य द्रुत गतिमा भइरहेको छ ।

हाल यहाँ एउटा आकर्षक प्रतिक्षालयको निर्माण गरिएको छ र छिटपुट रुपमा आन्तरिक पर्यटकहरु आउने क्रम सुरु भइसकेको छ ।

देखारी पर्यटन पार्क

तस्विरहरु हेर्नुहोस्