मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

बेतिनी पिकनिक स्थल

यस बागमती गाँउपालिका वडा नं. ९ मा पर्ने पर्यटकिय स्थल अमले चौर, प्राकृतिक सुन्दरताले भरिएको छ । चारै तिर हरिया रुख र बोट बिरुवाहरुले घेरिएको, बिचमा खुल्ला मैदान रहेको अमले चौर साच्चै पिकनिक स्थल जस्तो देखिन्छ । यस स्थललाई बागमती गाउँपालिकाकै सबैभन्दा अग्लो सम्थल भागको रुपमा लिइन्छ ।

समुद्र सतहबाट करिब ३ हजार मिटर उचाईमा रहेको अमले चौरले, प्रशस्त पिउने योग्य स्वच्छ पानीको उपलब्धताका कारण पनि, आफुलाई पिकनिक स्थलको रुपमा विकास गर्ने बलियो सम्भावनाका साथ उभ्याउँछ ।

भौगोलिक विकटताका कारण ओझेलमा परेको यस स्थानमा बाटोको राम्रो सुविधा रहेको छ । यहाँ अहिले प्रवेशद्वार, प्रतिक्षालय, पिकनिक स्टल र शौचालयको निर्माण कार्य सम्पन्न भइसकेको छ । मृग, कालिज र अन्य विभिन्न दुर्लभ चराचुरुङ्गी घुम्ने यस स्थानमा दक्षिण ललितपुर, काभ्रे र मकवानपुर लगायतको स्थानबाट पनि आन्तरिक पर्यटनको ओइरो लाग्ने सम्भावना रहेको छ ।

बाटोघटोको निर्माण कार्य सम्पन्न पछी मनै लोभ्याउने यहाँको प्राकृतिक आकर्षनले गाँउपालिकाको समग्र आर्थिक समृद्धिमा टेवा पुर्याउने लगभग निश्चित नै छ ।

बेतिनी पिकनिक स्थल

तस्विरहरु हेर्नुहोस्