मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

मनहरी शान्ति वाटिका

मकवानपुरको पश्चिम क्षेत्र मनहरी ८ स्थित सिमपानीको केहि बनको भूभागलाई मनहरी गाउँ पालिकाको बिशेष सक्रियतामा यस क्षेत्रलाई बाहय तथा आन्तरिक पर्येटकिय स्थान बनाउने इच्छामा उपभोक्ता समिति र गाउँपालिका कार्यसमितिले समेत चासो देखाएको अवस्था थियो। धार्मिक बन तथा यस क्षेत्रलाई आन्तरीक सौन्दर्येता मा थप श्री वृद्धि गर्नका लागि प्रबल सम्भावनालाई सदुपयोग गर्ने संकल्प जागृत भयो।

स्थानिय रुपमा कार्यरत सामाजिक शैक्षिक तथा आद्यात्मिक सेवा प्रदान गर्दै आईरहेको अन्तरास्ट्रिय रूपमा कार्यरत ब्रम्हकुमारी राजयोग सेवा केन्द्र को शाखा मनहरी लाई पार्क ब्यवस्थापन गर्न दिने स्थानीयहरु को सहमति बन्यो। बिगतका अनुभवहरुलाई मध्यनजर राख्दै लगभग ७ हेक्टर ूदेवकोट बन उपभोक्ता समितिू को संरक्षणमा रहेको जमिनलाई मकवानपुर को ध्यान आर्कसण हुने गरि यस अध्यक्मिक संस्था ब्रम्हकुमारी लाई जिम्मा लगायेइयो । बन उपभोक्ता समितिका अध्यक्ष पदेन अध्यक्ष रहने गरि कार्यसमिति बन्यो।

अहीले स्थानीय दाताहरु ,मनहरी गाउँपालिका ,माननिय सांसदहरु ,प्रदेश सरकार सहितको आर्थिक सहयोगमा निरन्तर अघाडी बढिरहेको छ। चितवन देखि बिरगंज सम्म को भूभाग को लागि ध्यानमा राखी यस पार्कलाई हेटौडा स्मारक पार्कको विकल्प दिने प्रबल योजना रहेको छ। यस सात हेक्टर को भागलाई संरक्षण दिंदै विभिन्न गतिबिधी एक साथ् अगाढी बढिरहेको अवस्था छ।

लगभग ७० करोड को लागतमा पूर्ण निर्माणको क्रममा हाल सम्म सात करोड को लगानी भएसकेको छ। पोखरी ,बाल उधान,ध्यान केन्द्र ,बगैंचा ,विभिन्न प्रजातिका जडीबूटी ,हर्ब ,पानि फोहोरा,युवाहरुको लागि खेलकुद गर्ने स्थान ,सात्विक प्रकितिक पिकनिक स्पोट ,गोलाघर लगायत भविष्यमा आवश्यकता अनुसार बिबिध प्रकितिक मनोरंजन गर्दै,अत्याधुनिक स्थान को निर्माण गर्ने योजना रहेको छ। पार्कलाई पूर्ण तया निशुल्क रूपमा संचालन गरि स्व(इच्छा ले दिएको योगदान ले नै पार्कलाई ब्यवस्थित गरिंदै लागिएको छ।

यस पार्कको ठिक अघाडी आमाघर सेवा आश्रम समेत निर्माण गरिएको छ।

मनहरी शान्ति वाटिका

तस्विरहरु हेर्नुहोस्